रवि लामिछाने भोलि बौंदीकाली आउँदै



नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका आउने भएका छन् । गण्डकी प्रदेशका विभिन्न स्थानमा पार्टीको संगठन विस्तारका लागि आउने नागरिकसँगको भेटघाटका क्रममा अध्यक्ष लामिछाने भोली (बिहीबार) बौंदीकालीको डेढगाउँमा जाने भएका हुन् ।

लामिछाने बिहीबार बिहान गैंडाकोटबाट कालीगण्डकी करिडोर हुँदै नवलपुरको पहाडी गाउँपालिका बुलिङटार र बौंदीकाली जाने भएका हुन्् ।

लामिछाने बिहान ११ बजे बौंदीकालीको डेढगाउँस्थित बसपार्कमा आयोजित एक कार्यक्रममा सहभागि हुने राष्ट्रिय स्वतन्त्र पार्टी बौंदीकालीका उज्जवल ओझाले जनाए ।

लामिछानेले उक्त अवसरमा बौंदीकालीको क्षेत्रका भेटघाट गरेर जनताका गुनासाहरु सुन्ने र आफ्नो धारणा राख्ने कार्यक्रम रहेको पनि ओझाले जनाए । लामिछानेको साथमा रास्वपाका अन्य केन्द्रीय नेताहरुको पनि उपस्थिति रहने जनाइएको छ । लामिछानेको बौंदीकालीपछि तनहुँको भिमादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।