बेहुलाकाे गाडीकाे ठक्करबाट जन्तीकाे मृत्यु



प्युठान । प्युठानमा बेहुला चढेको गाडीको ठक्करबाट एकजना जन्तीको मृत्यु भएको छ ।

प्युठानको ऐरावती गाउँपालिका–२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्काेरपिओ गाडीको ठक्करबाट मल्लरानी गाउँपालिका–३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको हो । उनी सोही विवाहको जन्ती जान हिँडेका थिए ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक होमानन्द खनालले जानकारी दिए।

दुर्घटनामा थप तीन जना घाइते भएका छन् । घाइते हुनेमा मल्लरानी गाउँपालिका–३ का कृष्ण परियार, ऐरावती गाउँपालिका–२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका–५ कि पिपला सुनार रहेका छन् ।

उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।