सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले यही मंसिर २९ गते दिउँसो १२:४५ बजेका लागि बैठक बोलाएका हुन्। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।

बैठकका निम्ति तीन एजेन्डा तय गरिएको छ। पौडेलका अनुसार महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *