उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज



काठमाडौं । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् ।

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो ।

स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा उपप्रधानमन्त्री श्रेष्ठ आइतबार घर फर्किएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य छ ।