ऋचासँग अभिनय सिकेकी यस्ती छन् मुख्यमन्त्री राईकी हुनेवाली बेहुली

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिवाह समाचार सार्वजनिक भइरहेका बेला अहिले उनकी बेहुली सामाजिक सञ्जालमा छाएकी छिन् ।

आगामी माघ ११ गतेका लागि विवाहको मिति तोकिसकिएको राईको विवावाह सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङमु एन शेर्पासँग विवाह गर्ने मिति तय भएको हो ।

यही माघ ११ गते काठमाडौंमा नेकपाका सीमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच मुख्यमन्त्री राईले विवाह गर्न लागेको उनको सचिवालयले पुष्टि गरेको छ ।

मोडलिङ र सामाजिक काममा सक्रिय शेर्पाका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा मकालु पुख्र्यौली घर भएकी शेर्पा हाल काठमाडौंमा बस्छिन् ।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

यसपछि मिस एसएलसी २०१५ मा भाग लिएकी उनी टप फाइभमा परेकी थिइन् । त्यसपछि उनले मिस इ-कलेजमा पनि भाग लिएकी थिइन् । उनले अभिनेत्री ऋचा शर्मासँग अभिनयको कक्षा लिएकी थिइन् ।

उनी सबैभन्दा धेरैपटक सगरमाथा चढेर कीर्तिमान कायम गरेकी लाक्पा शेर्पाकी नातिनी पनि हुन् ।

प्रस्तुत छ सामाजिक सञ्जालमा भेटिएका उनका केही तस्बिरहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *