सेनाले माग्यो ३ हजार ४ सय जनाका लागि दरखास्त, कहाँ कहिलेसम्म सकिन्छ त दरखास्त दिन ? (सूचनासहित)



काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा आवेदन खुलाएको हो । सेनाले सैन्य पदका लागि ३ हजार र अन्य ट्रेडका चार सय गरी ३४ सय जनाका लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

ट्रेडका फलोअर्स पदहरूको हकमा उमेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजदेखि पुस ७ गतेसम्म दिन पाइनेछ ।