उपत्यकामा युवा संघ र दुर्गा प्रसाईं नेतृत्वका समूहकाे प्रदर्शन आज



काठमाडौं । काठमाडौंका दुई स्थानमा आज दुईवटा छुट्टाछुट्टै समूहले कार्यक्रम गर्दै छन् ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाँअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ ।

दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदै छ । विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने दुवै पक्षले तयारी गरेका छन् ।

माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न लोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो ।

प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । दुई समूहका प्रदर्शनकारीहरुको व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागले आफ्नो तयारी पूरा गरिसकेका छन्, भने उपत्यकामा आजका लागि ट्राफिकसमेत गरी ८ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।