छैठौंपटक विश्व च्याम्पियन बन्न अष्ट्रेलियाले पायो २४१ रनको लक्ष्य



काठमाडौं । विश्व च्याम्पियन बन्नका लागि अष्ट्रेलियाले २४१ रनको लक्ष्य पाएको छ । निर्धारित ५० ओभरमा भारतले सबै विकेट गुमाएर २४० बनाएपछि अष्ट्रेलियाले उक्त लक्ष्य पाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतीय ब्याट्सम्यान चल्न नसकेपछि अष्ट्रेलियालाई सामान्य लक्ष्य प्रस्तुत गरेको हो ।

भारतका लागि केएल राहुलले ६६ रन बनाए भने विराट कोहलीले ५४ रन बनाए । त्यस्तै कप्तान रोहित शर्माले ४७ रन बनाउँदा सूर्यकुमार यादवले १८ रन बनाए ।

त्यस्तै रविन्द्र जडेजाले ९ रन बनाउँदै आउट भए भने सुभमन गिल र श्रेयर ऐरले ४/४ बनाए । त्यस्तै मोहम्मद शामीले ६ रन बनाउँदा जसप्रीत बुमराह १ रनमा आउट भए ।

कुलदिप यादवले १० रन बनाए भने मोहम्मद सिराजले ८ रन बनाए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने जोश हाजलवर्ड र पट कमिन्सले २/२ विकेट लिए । त्यसतै ग्लेन म्याक्सवेल र अडाम जाम्पाले १/१ विकेट लिएका थिए ।