जीप दुर्घटना अपडेटः मृतकमध्ये चार जनाको सनाखत, ३ जना बाैंदीकालीका, १ जना बुलिङटारका



नवलपुर । पूर्वी नवलपुरको देवचुली नगरपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार बौंदीकाली–६ नरमका चालक २६ वर्षीय छनबहादुर आले, सोही वडाको माझडाँडाका ५५ वर्षीय टेकमान वन्टाकी, लाहापेकी कुमारी राना र बुलिङटार चुलीबोझाकी १२ वर्षीया बालिका करिश्मा ठाडाको सनाखत भएको हो ।

जिल्लाको बौंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले जाँदै गरेको यात्रुबहाक  लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं। ९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो ।

घटनास्थलबाट उद्धार गरिएका घाइतेको पनि उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।