गुल्सन र रोहितको अर्धशतकका साथ नेपालले दियो १८५ रनको लक्ष्य



काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको हो ।

गुल्सन झा र कप्तान रोहित पौडेलको अर्धशतकसहित नेपालले २० ओभरमा उक्त रन बनाएको हो ।

नेपालका लागि गुल्सन झाले विस्फोटक ५४ रन बनाए । उनी २५ बलमा ५४ रन बनाउदै आउट भए ।

त्यस्तै कप्तान रोहित पौडेलले ५२ रन बनाएका थिए । रोहितले ३७ बल खेलेका थिए ।  करण केसीले विस्फोटक २० रन हानेका थिए । उनले अन्तिम ओभरमा २ छक्का र १ चाैकासहित ६ बलमा २० रन बनाएका थिए ।

नेपालले सुरुवाती झट्का ब्यहोर्दै आशिफ शेख ६ रन बनाउँदै आउट भएका थिए भने सन्दीप जोराले १० रन बनाएका थिए । त्यसपछि अर्का विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल ३१ रनमा आउट भएपछि नेपाल ४९ रनमा ३ विकेट गुमाएको थियो ।

ओमानका लागि बिलाल खानले ३ विकेट लिएका थिए ।  अकिबल इलियसले २ विकेट लिएका थिए । ओमानका फयाज बटले ४ ओभरमा ६३ रन खर्चिएर सवार्धिक महंगो सावित भएका छन् । जिसन मक्सुदले १ विकेट लिएका छन् ।

अब नेपालले केही बेरमा फिल्डिङ गर्नेछ ।