इजरायलबाट फर्किए २५४ नेपाली विद्यार्थी



काठमाडौं । इजरायलबाट उद्धार गरिएका नेपालीहरु काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।

नेपाल एयरलाइन्सको चार्टर विमानबाट आएका २५४ विद्यार्थी शुक्रबार ३ बजेतिर अवतरण भएका हुन् ।

उनीहरुलाई लिनका लागि बिहीबार परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल गएका थिए ।

विमानस्थलमा बिद्यार्थीहरुका आफन्तका साथै अन्य विभिन्न व्यक्तिहरु उपस्थित थिए ।