माल्दिभ्सविरूद्ध १३८ रनको जितसँगै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गतको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध नेपालले १३८ रनको जित हात पारेको छ ।

नेपालका अविनाश बोहोराको ६ विकेटका साथ नेपालले माल्दिभ्सविरुद्ध शानदार जित हात पारेको हो ।

चीनको हाङजोउमा जारी खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले निर्धारित २० ओभरमा ७४ रन बनाएपछि नेपालले मात्र बनाएपछि नेपाल  १३८ रनले विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनको अर्धशतकीय पारि खेले । त्यस्तै अघिल्लो खेलमा कीर्तिमानी शतक हानेका कुशल मल्लले ४७ रन बनाएका थिए ।

नेपालका लागि कुशल भुर्तेल र गुल्सन झाले ३५/३५ रन बनाए भने विनोद भण्डारीले १३ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ६ रन र सन्दीप जोराले ५ रन बनाएका थिए । माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए ।

२१३ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको माल्दिभ्सका लागि मुभैथ गनीले ३६ रन बनाए भने फरिद शियुसले १० रन बनाए । माल्दिभ्सका ६ जना ब्याट्म्यान शुन्य रनमा आउट भएका थिए ।

नेपालका लागि अविनाश बोहोराले ६ विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछानेले १/१ विकेट हात पारेका छन् ।

यससँगै नेपालले एसियन गेम्सका दुई खेलमा दुवै जित हात पारेको छ । यससँगै नेपाल ४ अंकसहित क्वार्टरफाइनल प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *