सेनाका मेजर पण्डित मृत भेटिए, भेरी नदीको किनारमा भेटियो शव

काठमाडौं । नेपाली सेनाका गुल्मपतिको शव फेला परेको छ।

भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव फेला परेको बताइएको छ।

डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको हो।

मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको हो।

भदौ १० गते अपरान्ह साढे ४ बजे सुरक्षा गार्ड समेत नलगी उनी एक्लै इभिनिङ वाकका लागि ब्यारेकबाट निस्केका थिए।

सम्पर्कविहीन भएको १७ दिनपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।

राजधानीकाे डाँछी स्थायी घर भएका पण्डित अन्तिमपटक डोल्पाको त्रिपुरासुन्दरीबाट सम्पर्कबिहीन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *