प्रधानमन्त्रीसहितका शीर्ष नेता शिक्षण अस्पतालमा



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।

नेम्बाङलाई मध्यरात बालुवाटारस्थित निवासमै १ बजे हृदयघात भएको थियो ।

उपचारका लागि त्रिवि शिक्षण अस्पताल नपुर्याउँदै निधन भएको चिकित्सकले जनाएका छन् ।

त्यो खबर पाएलगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु अस्पताल पुगेका हुन् ।