प्रहरीलाई नेपाल हक्की संघद्वारा खेल सामाग्री हस्तान्तरण



काठमाडौं । नेपाल हक्की संघले नेपाल पुलिसको हक्की टिमलाई खेल सामाग्री प्रदान गरेको छ ।

हक्की संघका कार्यवाहक अध्यक्ष अनिलप्रसाद शर्माले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई खेल सामाग्री हस्तान्तरण गरे ।

खेल सामाग्री अन्तर्गत हक्की स्टिक, बल र गोलकिपर प्याड प्रदान गरिएको हो ।

दक्षिण एसियामा हक्कीले राम्रो सम्भावना देखिएपनि नेपालमा यस खेलले गति लिन सकेको छैन ।

आवश्यक पूर्वाधार र खेलाडी उत्पादनमा संघ जिम्मेवार नहुँदा यस खेलको प्रगति हुन सकेको छैन ।