ललिता निवास प्रकरणः बहालवाला सञ्चार सचिव राउत पक्राउ



काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट विराटनगर जानेक्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

उनीविरुद्ध यसअघि नै प्रहरीले पक्राउ पुर्जी जारी भइसकेको थियो । राउत २०७८ पुस २१ मा सचिव भएका थिए । भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललितानिवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए । त्यही भूमिकाबारे थप अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले ब्युरोले जनाएको छ ।

यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । आइतबार नै यसअघि ब्युरोले ध्रुवप्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेको थियो ।

ब्युरोका अनुसार अर्याल र घिमिरेलाई काठमाडौंबाट पक्राउ गरिएको हो । आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललितानिवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने त्यतिखेर घिमिरे समरजंग कम्पनीका प्रमुख थिए