क्रिस्टल पावरका लागि विद्युत् नियमन आयोगले गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम
काठमाडौं । विद्युत नियमन आयोगले क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. द्वारा प्रबद्र्धित सुपर तमोर जलविद्युतआयोजना (१६६ मे.वा.) सम्बन्धी सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
विद्युत विकास विभागको सभाहलमा यही असार १८ गते सोमबार दिउँसो ३ देखि ५ बजेसम्म सार्वजनिक सुनुवाई हुने पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणले यस आयोग समक्ष क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. द्वारा प्रबद्र्धित सुपर तमोर जलविद्युतआयोजना (१६६ मे.वा.) बाट हुने विद्युतको खरिद बिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिने भएकाले उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानीय तहका प्रतिनिधि,तथा सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरेको हो ।
आयोगका अनुसार सरोकारवालाहरुले आयोगको कार्यालयमा लिखित रुपमाएवम् आयोगको इमेल ठेगाना मार्फत समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न सकिने व्यवस्था गरेको छ ।