सशस्त्रले लियो ४ लाखभन्दा बढीको सामानसहित मोटरसाइकल नियन्त्रणमा   



कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ भुजेलाघाटस्थित सीमा ईलाकाबाट असार १० गते सशस्त्र प्रहरीले ४ लाख १७ हजार ८ सय २० रुपैयाँ बराबरको भन्सार छलिको सामान र एउटा मोटरसाइकल नियन्त्रमा लिएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (बिओपी गड्डाचौकी) कञ्चनपुरले उल्लेखित मूल्य बराबरको हार्डवयर र किराना सामानसहित म २ प ६४७४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बरामद सामान र नियन्त्रण लिइएको मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।