बागमती प्रदेशस्तरीय खेलकुदः ब्याडमिन्टनमा राजु र रिहान्नालाई स्वर्ण



हेटाैंडा । हेटौंडा उपमहानगरपालिका– ११ स्थित थाना भ¥याङमा सम्पन्न ब्याडमिन्टनको फाइनलमा डिफेन्डिङ च्याम्पियन राजुले पुरुष सिंगल्स र रिहान्नाले महिला सिंगल्समा स्वर्ण जितेका हुन् ।

राजुले फाइनलमा चितवनकै निसान गुरुङलाई २१–१० र २१–५ ले हराए । रिहान्नाले भने स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१–५ र २१–६ ले हराइन् । मकवानपुरकी आयुश्मा नेपालले कांस्य पदक जितिन् । उनले धादिङकी बबिता पुरीलाई १९–२१, २१–१३ र २१–१६ ले हराइन् ।

पुरुषततर्फ काभ्रेका आशिष तामाङले कांस्य पदकको प्रतिस्पर्धामा धादिङका अस्बिन थापामगरमाथि २१–५ र २१–६ को जित निकाले । महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जिते । यो जोडीले फाइनलमा ललितपुरका श्रेया बज्रचार्य र राहिता शाक्यमाथि २१–१७ र २१–१६ को जित रचे ।No description available.

काठमाडौंकी मनीषा खड्का र रिहान्ना शेरचनको जोडीले कांस्य पदक प्राप्त गरे । पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र संगीता तामाङको जोडीले सफलता पाए । यो जोडीले फाइनलमा धादिङका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडीलाई २१–१२ र २१–१६ ले हराए ।

यो विधामा चितवनका राजु गर्जा र सुरोज गुरुङले कांस्य पदक जिते । मिक्स डबल्समा भने मकवानपुरका अभिशेक बोस र आयुश्मा नेपालको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् । यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१–४ र २१–१८ को सहज जित निकाले ।

No description available.

धादिङका राम मल्ल ठकुरी र निस्था श्रेष्ठको जोडीले कांस्य पदक जिते । पाँच विधामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा ५७ खेलाडी सहभागी थिए ।