सशस्त्रले लियो ६ करोड बढिको जुत्तासहित तीनवटा ट्रक नियन्त्रणमा



मकवानपुर । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपलिका १५ स्थित पुर्व–पश्चिम लोकमार्गबाट बैशाख २९ गते विशेष सुचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मुल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शंकास्पद रहेको भन्ने विशेष सुचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको छ ।