यातना सहेर आत्महत्या गर्नुभन्दा राजीनामा दिनै उपयुक्त ठानेंः एसपी तिम्सिना



काठमाडौं । नेपाल प्रहरीले गरेको बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बढुवामा विवाद देखिएको छ । सोही बढुवामा चित्त नबुझेपछि केही अधिकृतहरुले सार्वजनिक रुपमा आलोचना गरे भने एसपी आभूषण तिम्सिनाले राजीनामा नै दिए । उनको राजीनामा प्रहरी प्रधान कार्यालयले स्वीकृत गरिसकेको छ ।

सोही प्रसंगका बारेमा एसपी तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भनाई सार्वजनिक गरेका छन् ।

उनले आफ्नो २४ वर्षे जीवनमा संगठनले राम्रो काम गर्दा गर्दै पनि पटकपटक नसिहत दिएको बताएका छन् । उनले अगाडि लेखेका छन्, संबिधानले समानताको हक मौलिक हक सबै नागरिकहरुलाई प्रदान गरे बमोजिम प्रहरी कर्मचारिको सरुवा गर्दा सबैलाई कमाण्डको समान अबसर प्रदान गरिनुपर्नेमा मेरो जागिर अबधि लगभग २४ बर्ष पुरा हुँदा मलाई कमाण्डको अबसर जम्मा २८ महिना दिइएको छ तर छोटै समय भए तापनि आफुले कमाण्ड गरेका स्थानहरुमा उल्लेखनीय काम गरेको छु। जसको प्रमाण म समयमा पेश गर्नेछु। मेरा सहकर्मीहरुले पाएको अबसरसँग तुलना गरेर हेर्न पनि म अनुरोध गर्दछु। भरतकेशर सिंहको घटना र सेनाले दरवारमार्ग कब्जा गरेको घटनालाई सहज ब्यबस्थापन गरेको पुरस्कार मैले रुखो स्वभाव भएको भनेर नसिहद खाएको छु। म समय आएपछी मलाई कानूनले दिएको अधीकार भनौं या अख्तियारको दुरुपयोग गरेर अन्याय गर्ने सबै अन्यायीहरुको नाम बिस्तारै सार्बजनिक गर्दै जानेछु।ु

उनी लेख्छन्,

आदरणीय साथीभाइहरु!

सर्बप्रथम त म बुद्ध जयन्तीको पावन अबसरमा मुलुकभरका हरेक नेपाली नागरिकको घरदैलोमा शान्ति र समृद्धिको बास होस भन्ने कामना गर्दछु।

म नेपालको संबिधान २०७२ को प्रस्तावनाले प्रदत्त गरेको अन्याय र बिभेदबाट संरक्षणको संबैधानिक ब्यबस्था; संबिधानको भाग-२ को धारा ११ को उपधारा (२) को देहाय(ख) बमोजिमको नागरिकताको प्रमाण प्राप्त नागरिकको हैसियतले मैले संबिधानले भाग ३ ले प्रदान गरेका मौलिक हक मध्ये धारा (१६), (१७), (१८), (१९), (२०), (२१), (२२), (२३), (२४), (२५), (२७), (२९), (३३), (३४), (३७), (४२), (४३), (४६), (४७) मा उल्लेखित मौलिक हकहरु; भाग (४) मा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायीत्व अन्तर्गत धारा (५०) को उपधारा (१),(२) मा उल्लेख गरिएका संबैधानिक प्राबधानलाई साक्षी राखेर आफुले भोगेका कुराहरुको बेलिबिसतार गर्न चाहन्छु।

बुद्ध जयन्तीको पावन अबसरमा जागिरे जीवनबाट बिश्राम लिएर नयाँ जीवन पद्धति अँगाल्न खोज्दैछु। यसक्रममा म मेरो राजीनामा स्वीकृतिको लागि अगाडि बढाइदिएर मलाई अन्याय गरेको यथार्थलाई स्वीकार गर्नुहुने मेरो मातृ संस्था नेपाल प्रहरीका प्रहरी महानिरीक्षकज्यूलाई र मैले आफुमाथि बढुवा समितिले अन्याय गरेको ब्यहोरा खुलाएर पेश गरेको राजीनामा स्वीकृत गरेर म माथि अन्याय गरिएको कुरालाई आधिकारिक रुपले प्रमाणित गरिदिनुहुने गृह मन्त्रालयका सचीबज्यूलाई हार्दिक नमन गर्न चाहन्छु। संयोगले प्रहरी नियमावली २०७१(संशोधन सहित) को नियम २७ को उपनियम १ बमोजिम प्रहरी उपरीक्षकबाट प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा गर्नेको लागि बन्ने बढुवा समितिको अध्यक्ष गृह सचिबज्यू, सदस्यमा प्रहरी महानिरीक्षकज्यू र सदस्य सचीबमा प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात हालको ब्यबस्थामा मानवश्रोत बिभागका प्रमुख हुने ब्यबस्था छ। यस हिसाबले मलाई बढुवा नदिने बढुवा समितिका तिनै जनाले एकमतले प्रहरी उपरीक्षक पदबाट प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा गर्ने क्रममा मलाई बढुवा नदिएर ममाथी अन्याय गरेको सत्यलाई स्वीकार गर्नुभएको छ, जसको लागि म तिनै जनालाई हार्दिक साधुवाद दिन चाहन्छु। म माथि गरिएको अन्यायलाई सिद्ध गराउन मैले आफुलाई अन्याय परेको ब्यहोरा दर्शाइ पेस गरेको राजिनामा स्वीकृत भएबाट मैले म माथी अन्याय भएको कुरा स्थापित गर्न सफल भएको छु जुन मेरो अहोभाग्य नै हो भन्छु म।

यो मुलुकमा अन्याय भनेको जीवनशैली नै भइसकेको छ। यहाँ अन्यायले राज गरेको छ। अन्यायको बिषबृक्ष यसरी फैलिएको छ कि हाम्रो समाज न्याय खोज्न नै डराउँछ। अन्याय सहनमा हाम्रो समाज अभ्यस्त भइसकेको छ। अन्यायको आगोमा पिल्सिएको छ हाम्रो समाज। अर्थशाष्त्रीहरुको भाषामा हाम्रो समाज गरिबीको दुश्चक्र( Vicious cycle of poverty) बाट गाँजिएको छ। गरिबीको रेखामुनी बस्न कैयन नेपाली नागरिकहरु बाध्य छन। यसको कारण अर्थशाष्त्रीहरुको नजरमा अशिक्षा, बेरोजगारी, उद्योगधन्धाको कमी आदि आदि। तर मलाई आज लाग्दैछ हाम्रो देश गरिबीको दुश्चक्रले कम तर अन्यायको दुश्चक्र (Vicious cycle of Injustice) ले बढि गाँजिएको छ। कुनै बेला मलाई तालिमको क्रममा पढाउने गुरु शंकर श्रेष्ठले भनेको “JUSTICE हाम्रो समाजमा JUST-ICE बनेको छ” भन्ने वाक्य मेरो मथिंगलमा खेल्दै छ आज। यो अन्यायको दुश्चक्रले को पिडित छैन। भुइ मान्छे देखि लिएर असल नियतले काम गर्ने सबैलाई यो अन्यायको दुश्चक्रले गाँजेको छ। टेलिभिजनमा ए खुर्माने कालो बना बना भनेर खुर्माने बुढाहरुले हाम्रो समाजमा हिजो अन्यायलाई संस्थागत गर्थे भने आज सार्बजनिक पद धारण गरेका र कालो पर्दा भित्र लुकेका नेपालको संबिधान २०७२ र कानूनले नचिनेका शक्तिकेन्द्रहरुले अन्यायलाई संस्थागत गरिरहेकाछन। म पनि यो अन्यायको दुश्चक्रमा परेर अनाहकमै जागिर छाड्न बाध्य भएको एक नेपालीको रुपमा दरिएको छु।

न्याय खोज्न कहाँ जाउँ म। “न्याय नपाए गोरखा जानु” भनेर रामशाह कालीन भनाइलाई मनन गर्दै जाँदा अहिले त रामशाह नै छैन तर रामशाहपथ छ। कर्मचारीको हिसाबले मैले बढुवामा अन्याय पर्दा न्यायको लागि जाने पहिलो ठाउँ थियो लोकसेवा आयोग तर केहि समय पहिले भएको प्रनामनि बढुवाको क्रममा परेको उजुरीलाई जसरी हतारमा टुंग्याइयो त्यसले मलाई लोकसेवा गएर न्याय पाउने कुरामा बिश्वास लागेन। अर्को थियो रामशाहपथ अर्थात सर्बोच्च न्यायालय तर रामशाहपथमा अबस्थित न्यायालयबाट रामशाह खेदिन थालेको धेरै भइसकेको छ र अहिले त रामशाहपथमा रामशाह नै छैनन। २०७२ सालको भुइचालोले भत्काएको रामशाहपथको गर्बिलो इतिहासलाई अहिले जर्जर बनाइएको सत्य सबै नेपाली नागरिकहरुलाई जानकारि छँदैछ, मैले दोहोर्यापरहनु नपर्ला। यहाँ न्यायालय आफैं अन्यायको शिकार भएको छ। स्वार्थ नमिलेका मुद्दामा हिम्मतिलो निर्णय गर्ने आँट गर्ने २ जना प्रधान न्यायाधिश माथि महाभियोगको राजनितिक ब्रम्हाश्त्र प्रयोग भएर न्यायालयको हुर्मत लिइसकिएको छ। नेपालको संबिधान २०७२ को प्रस्तावनामा उल्लेख गरिएको “स्वतन्त्र, निश्पक्ष र सक्षम न्यायपालिका”को मर्म विपरित आज हाम्रो सर्बोच्च न्यायालय छटपटाइरहेको छ। मलाई मेरो अयोग्यताको कारण बताइदिएर पदोन्नति नदिएको भए म सहर्ष स्वीकार गर्थे तर म किन र के कारणले बढुवामा छुटे भन्ने कुरा मलाई पारदर्शि ढंगले बताइएन। मेरो आत्म सम्मानमा चोट पुगेको, मेरो मर्यादालाई लिलाम गरिएको, मेरो दशकौं लामो तपस्या अनि धैर्यताको वलात्कार गरिएको त्यो क्षणमा म कहाँ जाउँ न्याय माग्न। जसले प्राकृतिक रुपले न्याय दिएन त्यसैको दरवारमा गएर विन्ति बिसाउन, न्यायको बिलौना गर्न मेरो आत्मसम्मान र मर्यादाले दिएन बाँकि अरु स्थान आफै न्याय दिलाउन नसक्ने अबस्थामा छन भन्ने मैले बुझिसकेको थिए। मेरो अगाडि राजीनामाको विकल्प थिएन। म आफ्नो आत्मसम्मान, गौरव, ब्याबसायीकताको तेजोबध गरेर मैले रगत, पसिना बगाएको मातृ संस्थाबाट निस्किने निर्णय गर्न बाध्य भए। अन्याय जिउँदो मानिसले सहनु हुन्न, अन्याय सहने बानी परे पछि जिउँदो मानिस र लासमा कुनै भिन्नता हुँदैन भन्ने यथार्थमा बिश्वास राख्ने मैले राजीनामा दिएर आफ्नो मर्यादा र आत्मसम्मान बचाउने निर्णय लिनुपरेको हो।

योग्यता मापन गर्ने कसी के हो? चाकरि, चाप्लुसी, नातावाद, कृपावाद, टिकावाद, धनवाद, आदि योग्यता मापनका कसी हुन या काम हो? यदि योग्यता मापनको कसी केबल काम हो भने मैले जागिर खाए देखि गरेका कामहरुको फेहरिस्त छ मँसँग। सबै प्रतिस्पर्धिहरुको सम्पुर्ण जागिरे जीवनको कामको फेहरिस्त एक स्थानमा राखेर तुलना गरौं, बढुवाका मेरा प्रतिस्पर्धिहरुले गरेको कामको तुलना गर्दा म १९सौं नम्बरमा परेछु भने या मेरो काममा कुनै कमि देखिएछ भने म मैले आजीवन जनताको करबाट पाउने मैले काम गरेर आर्जेको कसैले खोस्न नसक्ने पेन्सन पनि त्यागिदिन्छु। तर योग्यता मापनको कसी चाकरि, चाप्लुसी, नातावाद, कृपावाद, टिकावाद धनवाद आदि हुन भने म फेल हुने मध्ये कै हुँ, त्यो हो भने मलाई फेल भएकोमा कुनै गुनासो छैन। न्याय गर्ने स्थानमा बस्नु हुँदैन बसि सकेपछि न्याय मार्ने काम गर्नुहुँदैन। सपथ खाएर जागिर खाएका, जागिरे जीवनको उत्तरार्धमा पुगेका, जागिरको उच्च स्थानमा पुगेका अधिकारिहरुले न्यायिक जिम्मेवारि पुरा नगरिदिँदा मुलुक अन्यायको दुश्चक्रमा फसेको कुरामा म बिश्वस्त छु र म आफै अन्यायको दुश्चक्रमा जेलिएको यथार्थ समेत मैले महसुस गरेको छु। तर यसको दोशि को? मलाई तालिममा किन चाकरि, चाप्लुसी, नातावाद, कृपावाद, टिकावाद, धनवाद सिकाइएन? मेरा गुरुवा हरुले मलाई तालिमको दौरानमा ती कुराहरु सिकाएको भए म पनि त सिक्थे यो सबै जागिरको पाटो नै हो भनेर। मलाई अनुशासन सिकाइयो, मलाई प्रहरीले अन्यायमा परेकालाई न्याय दिलाउनुपर्छ, अपराध अनुसन्धान गरेर पिडितलाई न्याय र अपराधिलाई कानुनको कठघरामा उभ्याउनुपर्छ भनेर सिकाइयो र मैले त्यहि सिके। संगठनले मलाई मर्यादा क्रमको १ नम्बरमा हुँदाहुँदै १२ नम्बरमा पुर्यायो, १२ नम्बरबाट २२ नम्बरमा पुर्यायो अहिले पदोन्नतिमा नै मलाई छुटायो। मेरो गलती के?

मलाई कुलीन, परम्परावादि, अस्तव्यस्त प्रहरीले लगाउने गरेका आरोपहरु छन, जुन वुँदागत यहाँ राख्दैछु।

१. सवारी दुर्घटना गरे पश्चात सार्बजनिक स्थानमा निर्दोश युवालाई कुटपिट गरेपछि उम्लिएको जनसागरको आक्रोसबाट भरतकेशर र उनका परिवारलाई बचाउन मैले कानून बमोजिम कारवाहि गर्छु भनेर भरतकेशर सिंहलाई हतकडि लगाएर उनलाई जोगाएर शशरिर सुरक्षित राख्दा म फटाहा भए।

२. मैले दरवार मार्गमा कार्यरत हुँदा सेनाको एक अधिकृतको ज्यादतिको बिरुद्ध आवाज उठाए।

३. जनकपुरमा कार्यरत हुँदा तत्कालीन मन्त्री सञ्जय प्रसाद शाह (सञ्जय टक्ला) ले प्रहरी चौकि रेलवेमा आगजनी, तोडफोड, लुटपाट गर्न थालेपछि सरकारी सम्पत्ति जोगाउन न्यूनतम व प्रयोग गरे।

४. २०७२ सालको महा भुकम्पको बेला मैले १२७ घण्टा पछि भुकम्पको भग्नाबशेसमा पुरिएर रहेकी एक पीडितलाई मैले जिबित उद्धार गर्ने कामको पहल गरे। त्यो काम मैले किन गरे अरुले नै गर्नुपर्थ्यो।

५. नयाँ दरबन्दी स्वीकृत हुने समयमा नेपाल प्रहरीका चौकिहरुमा प्रहरी कार्यालय सहायकको दरवन्दी कायम गरिनुपर्छ भनेर अडान लिए।

६. नाकावन्दिको बेलामा वीरगञ्जको मितेरी पुलमा अनियन्त्रित भिडबाट प्रहरी कर्मचारीको ज्यान, प्रहरी चौकि र नजिकको वीरगञ्ज भन्सार कार्यालयमा रहेको खरबौंको सामग्रीलाई जोगाउन गोली चलाउन आदेश दिए।

७. मैले कैलालीको प्रहरी प्रमुख हुँदा प्रहरीले भन्सार बुझाएको तथ्यांकलाई साढे ६ महिना कार्यरत हुँदा अघिल्ला आर्थिक बर्षहरु भएको भन्दा दशौं गुणा (२ करोड) नघाए।

८. सि आइ बि मा कार्यरत रहँदा ललिता निबासको छानविन प्रतिवेदन तयार पार्ने क्रममा प्रतिवेदन छीटो बुझाउन मुख्य मिटिङमा नै कार्यालय प्रमुखसँग भद असहमति जनाए।

९. समिरमानसींह बस्नेतले कारागार बाटै RANSOM मागेको मुद्दामा तत्कालिन गृह मन्त्रीका भाइलाई पक्राउ गर्नुपर्छ भनेर अडान लिए।

१०. सिआइबिले कैयन बर्ष देखि समात्न नसकेको कुन्जोक लामालाई प्रमाण पुर्याएर अदालत बुझाउने वातावरण बनाए।

११. निर्बाचनमा ७५% प्रहरिले मात्रै पाउने निर्बाचन भत्ता १००% बनाउनुपर्छ भनेर जिल्ला प्रहरी कार्यालय स्यांग्जाको प्रमुख हुँदा २०७० सालको दोस्रो संबिधान सभाको निर्बाचनको पुर्व सन्ध्यामा आयोजित सुरक्षा गोष्ठिमा आवाज उठाए।

१२. जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर हुने बित्तिकै ड्युटिको क्रममा घटेको घटनाको कारण जेल पठाउन तयार पारिएको प्रहरी जवानलाई जोगाउन अडान लिए र जोगाए।

१३. मैले पटक पटक तालीम केन्द्र सुधार गर्नुपर्छ भने।

१४. मैले तालिम बापत राज्यको खर्च भएको ठुलो पैसा जोगाउने अपराध अनुसन्धान तालीम गरेका प्रहरीलाई अपराध अनुसन्धान शाखामै खटाउनुपर्छ भने।

१५. यी माथिका बुँदाहरुका बारेमा म पछि सबिस्तार लेख्ने नै छू।

१६. यस देखि बाहेक मलाई प्रहरीका सुकिला मुकिलाहरुले लगाउने व्यक्तिगत आरोप मलाई रक्सी खान्छ भन्छन तर ममाथि यी १७ बर्षहरुमा भएका अन्याय, अत्याचार, मानसिक यातनाबाट पागल हुनु या आत्महत्याको बाटो रोज्नु भन्दा मेरो तनावलाई ब्यबस्थापन गर्न मैले रक्सी खाए, कसैको सुन लुट्न गइन। मलाई कैयन अरु धेरै आरोपहरु छन जसले गर्दा मैले जुन यातना, पिडा, अन्याय जागिर अबधिमा सहनु पर्यो त्यसको हिसाब किताब बिस्तारै राखौंला। म अधिकृत दर्जाको व्यक्तिले आफुमाथि भएको अन्याय, अत्याचार, बिभेदको शिकार हुनुपर्यो भने अरुका पिडा कति होलान म आंकलन गर्न सक्छु। यो यातनाबाट पिडित भएर बहुलाउनु या आत्महत्याको बाटो अबलम्बन गर्नुभन्दा मैले राजीनामा मार्फत भद्र अवज्ञाको बाटो रोजेको हुँ। संबिधानले समानताको हक मौलिक हक सबै नागरिकहरुलाई प्रदान गरे बमोजिम प्रहरी कर्मचारिको सरुवा गर्दा सबैलाई कमाण्डको समान अबसर प्रदान गरिनुपर्नेमा मेरो जागिर अबधि लगभग २४ बर्ष पुरा हुँदा मलाई कमाण्डको अबसर जम्मा २८ महिना दिइएको छ तर छोटै समय भए तापनि आफुले कमाण्ड गरेका स्थानहरुमा उल्लेखनीय काम गरेको छु। जसको प्रमाण म समयमा पेश गर्नेछु। मेरा सहकर्मीहरुले पाएको अबसरसँग तुलना गरेर हेर्न पनि म अनुरोध गर्दछु। भरतकेशर सिंहको घटना र सेनाले दरवारमार्ग कब्जा गरेको घटनालाई सहज ब्यबस्थापन गरेको पुरस्कार मैले रुखो स्वभाव भएको भनेर नसिहद खाएको छु। म समय आएपछी मलाई कानूनले दिएको अधीकार भनौं या अख्तियारको दुरुपयोग गरेर अन्याय गर्ने सबै अन्यायीहरुको नाम बिस्तारै सार्बजनिक गर्दै जानेछु।

आज भन्न मन लागेको छ-

“इमान्दारिताको कुरा गरेर नथाक्ने नेपाली दाजुभाइहरु हो

इमान्दार भएर त हेर इमान्दार भएर बाँच्न कति गाह्रो छ।“

अन्तमा बुद्ध जयन्तिको आजको अबसरमा सबेलाई शुभकामना

हिजो सम्म मँसँगै काम गर्नुहुने सम्पुर्ण प्रहरी अधिकृत जवानहरु सबैलाई आभार

बाँकि कुराहरु बिस्तारै राख्दैजानेछु।

धन्यवाद जयनेपाल

पुर्व प्रहरी उपरीक्षक

आभुषण तिम्सिना