हर्क साम्पाङले मागे बैठकमा अनुपस्थित हुने वडाध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा



धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङजे कार्यपालिकाको बैठकमा अनुपस्थित हुने कार्यपालिका सदस्यको राजीनामा मागेका छन् ।

मेयर साम्पाङले एक विज्ञप्ति निकाल्दै कार्यपालिकाको बैठकमा आफूहरुले गरेको कामको विवरण नदिने, बैठकमा अमर्यादित भाषा प्रयोग गर्नेलगायतका बैठकमै अनुपस्थित हुने कार्यपालिका सदस्यहरुलाई स्पष्टीकरण माग्नेसमेत जनाएका छन् ।

उनले स्थानीय सञ्चाल ऐन २०७४ को धारा १६ को उपधारा बमोजिमको कर्तव्य पूरा नगर्ने वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई तुरुन्तै सच्चिएर बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

यदि बैठकमा अनुपस्थित भएर बैठक बहिस्कार गर्ने सबैले नैतिकताको आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्न समेत मेयर साम्पाङले अनुरोध गरेका छन् ।

May be an image of ticket stub