सशस्त्र प्रहरीको ‘बाहिनीपति कप–२०७९’ खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडाैं । सशस्त्र प्रहरी बलको ‘बाहिनीपति कप–२०७९’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यही चैत १९ गतेदेखि पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुमा सञ्चालित दौड, फुटबल, भलिबल, ब्याटमिन्टन प्रतियोगिता प्रतियोगिता सम्पन्न भएको हो ।

समापन कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले खेलकुद मानव जीवन महत्वपूर्ण अङ्ग भएको बताउँदै सकारात्मक सोचका साथ खेलकुद प्रतियोगितामा सहभागी भएमा सदैव सफलता मिल्ने बताए।

उनले यस्ता प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि, सामूहिक भावनाको विकास, सेवाप्रतिको निष्ठा, युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमता विकास गराउने विश्वास व्यक्त गरे  ।

उक्त प्रतियोगितामा नम्बर १९ बगलामुखी विशेष कार्यदल गण प्रथम, नम्बर २१ गण दक्षिणकाली द्वितीय र नम्बर २० विपद् उद्धार गण तृतीय भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *