नयाँ मन्त्रीले लिए सपथ, यी हुन् सपथ लिने नयाँ मन्त्रीहरू…



काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

शपथ लिनेहरुमा नेपाली कांग्रेसबाट ४ जना रहेका छन्। कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री भएका छन्।

माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।