

नेपाल प्रहरीका दुई डिआईजीको सरुवा
लुम्बिनीमा जोशी र बागमती प्रदेशमा राणालाई जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका २ प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार डिआईजी उमेशराज जोशीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरमा र किरण राणाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएको छ ।