झापाकी दीक्षाले गुमाइन् पोखरामा बसको ठक्करबाट ज्यान



पोखरा । कास्कीमा नगरबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गामा शुक्रवार बिहान ग. १ ख ७१०८ नम्बरको नगर बसले ग. ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दीक्षाको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा कार्यालय बैदामका इन्सपेक्टर हरिप्रसाद पौडेलले जानकारी दिए ।

बस चालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।