उपरथी शाहीलाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला

काठमाडौं । दुई महिनादेखि सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सैनिक अदालतले सेवाबाट हटाउने फैसला सुनाएको छ। उनीमाथि आर्थिक अनियमितता गरेको आरोप लागेको थियो।

उपरथी शाहीलाई सहयोग गरेको आरोपमा सेनाले नियन्त्रणमा लिएका महासेनानी महेन्द्रजंग शाह र कुलदिप तिमल्सिनालाई सैनिक ऐनअनुसार कारबाही गर्ने फैसला भएको सैनिक प्रवक्ता कृष्ण भण्डारीले बताए। उनका अनुसार सैनिक अदालतले शाहीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नहुनेगरी हटाउने फैसला भएको बताए।

शाहीविरुद्ध आर्थिक अनियमितताको उजुरी परेपछि नेपाली सेनाले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो। अनुसन्धानपछि नेपाली सेनाले कोर्ट मार्शल गठन गरेको थियो। कोर्ट मार्शलको निर्णयअनुसार झन्डै दुई महिनादेखि थुनामा रहेका शाहीलाई थुनामुक्त गर्न फैसला सुनाएको हो। उनी केहीबेर अघि थुनामुक्त भएका छन्।

शाह र तिमसिनालाई पक्राउ गरेपछि उनका आफन्तहरू सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण मुद्दा दर्ता गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *