मुम्बईमा चन्द्र भण्डारीको आज दुईपटक सर्जरी गरिने, ४८ घन्टा भेन्टिलेटरमै राखिने



मुम्बई । सांसद चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरको आईसीयूमा उपचार सुरु भएको छ ।

अस्पतालका अनुसार सांसद भण्डारीको आज दुईपटक सर्जरी गर्ने कार्यतालिका रहेको छ ।

बिहान साढे १० बजे र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तयारीमा अस्पताल रहेको उपचारमा संलग्न डाक्टर सुनिल केस्वानीले जनाएका छन् ।

त्यसैगरी भण्डारीलाई ४८ घन्टा भेन्टिलेटरमै राख्नुपर्ने डा. सन्दीप मिस्त्रीले जनाएका छन् ।

त्यस्तै डा.अमुलबाट भएको काउन्सिलिङ अनुसार हृदयको चाल नर्मल रहेको, एण्टीबायोटिक्स कन्टिन्यू गर्ने र आत्तिनु नपर्ने जानकारी प्राप्त भएको छ।