राष्ट्रपति उम्मेदवार छलफलका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोेली बस्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।

बिहीबार बिहान एमाले अध्यक्ष ओलीसँगको भेटका लागि बालकोट पुगेका प्रधानमन्त्री दाहाल र ओलीबीचको छलफलले उक्त निर्णय गरेको हो ।

भोलीको बैठकमा बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने पनि जनाइएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए ।

सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।