प्रधानसेनापति शर्माद्वारा सामूहिक तालिमको निरिक्षण



काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले श्री उपत्यका पृतना हेडक्वाटर अन्तर्गतका फौजहरु सम्मिलित भई ललितपुरको लेलेमा सञ्चालन भइरहेको सामुहिक तालिमको निरीक्षण गरेका छन् ।

उनले सोमबार लेले पुगेर सामुहिक तालिमको निरीक्षण गरेका हुन् ।

हाल नेपाली सेनाका विभिन्न युनिटहरु आ–आफ्नो जिम्मेवारी ईलाकाहरुमा सामुहिक तालिमको क्रममा छन् ।

निरीक्षणको दौरान प्रधान सेनापति शर्माले तालिमका विविध पक्षहरुका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गरेका थिए ।