कार्कीले तोडे नवलपुर–२ मा एमालेको लालकिल्ला, २०२१ मतान्तरसहित कांग्रेसका विष्णु कार्की विजयी



नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्व निर्वाचन क्षेत्र नम्वर २ नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई २ हजार २१ मतान्तरले हराएका हुन्  ।

कार्कीको पक्षमा ३६ हजार १०४ मत आउँदा नेकपा एमालेका तिलक महतले ३४ हजार ८३ मत प्राप्त गरेका छन् ।

महत यसअघि कार्कीलाई पराजित गर्दै यस क्षेत्रबाट प्रतिनिधिसभाको संसद बनेका थिए । नेकपा एमालेको बलियो क्षेत्रको रुपमा मानिएको नवलपुर २ मा एमालेले पराजय भोगेको हो ।

यसअघि २०७४, २०७० मा पनि उक्त क्षेत्रबाट नेकपा एमालेकै उम्मेदवार विजयी भएका थिए ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले ६ हजार ४४३ मत प्राप्त गरे भने  राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले ३ हजार २४३ मत प्राप्त गरे । क्षेत्र नम्बर २ मा ८५ हजार ३९९ मत खसेको थियो । खसेको मत मध्य ३ हजार ४५१ मत बदर भएको थियो ।

उक्त क्षेत्रमा प्रदेशसभा तर्फ भने दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।