प्रकाशमान चाैथाेपटक संसद प्रवेश, रविन्द्र दोस्रोपटक पनि पराजित



काठमाडौं । काठमाडौं–१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्यमा चौथोपटक निर्वाचित भएका छन् ।

सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन् ।

सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।