पश्चिम नवलपरासीमा शान्तिपूर्ण रुपमा मतदान जारी



नवलपरासी । पश्चिम नवलपरासीको क्षेत्र नं. १ मा मतदान शान्तिपूर्ण तरिकाले भईरहेको छ । देशैभर जस्तो बिहान ७ बजेदेखि मतदान सुरु भएको पश्चिम नवलपरासीमा कुनै पनि अप्रिय घटना भएको छैन ।

बिहानैदेखि सुरु भएको मतदान प्रक्रियामा स्थानीयहरु उत्साहित रुपमा मतदानकेन्द्रमा उपस्थित भएका छन् । ७ बजेदेखि भएको मतदानका लागि झिसमिसेदेखि नै मतदाताहरु मतदान केन्द्रमा पुगेका थिए ।

उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता विनोद चौधरी र जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलगायत राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका पार्टी र केही स्वतन्त्र गरी १६ जना चुनावी मैदानमा छन् । तर, यस क्षेत्रमा प्रमुख प्रतिप्रर्धा विनोद चौधरी र ह्दयश त्रिपाठीबीच नै हुने देखिन्छ ।

यस क्षेत्रमा नेपालका एकमात्र अर्बपति उद्योगी विनोद चौधरी र पटकपटक संसदमा प्रवेश पाईसकेका त्रिपाठीबीचको भिडन्त बडो उत्सुकतापूर्वक हेरिएको छ ।

May be an image of 9 people, people standing and outdoors