युएईले सुरु गर्यो ब्याटिङ, १६ ओभरको खेलमा २ विकेट गुमायो



काठमाडौं । युएईविरुद्धको दोस्रो एक दिवसीय खेल आज (बुधबार) हुदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले  टस जितेर ब्याटिङ गरेको छ । ताजा अवस्थामा युएईले १६ ओभरमा ८६ रन बनाउँदा २ विकेट गुमाएको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिएका छन् ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको घरेलु टोली पहिलो खेलमा भोगेको हारको बदला लिने दबाबमा हुनेछ । सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो ।

आजको खेल हारेमा नेपालले एक खेल अगावै युएईलाई तीन एक दिवसीय खेलको शृंखला २—० ले सुम्पिने छ ।

नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैछ । त्यसैले नेपालले युएईविरुद्धको शृंखलालाई नामिबिया भ्रमणअघिका अभ्यास खेलको रुपमा लिएको छ ।