

प्रधानमन्त्रीको सुरक्षामा खटिएकै बेला विमानस्थल सुरक्षाप्रमुख वरिष्ठ सई भण्डारीले गुमाए ज्यान

बाँके । बाँकेको नेपालगञ्जस्थित विमानस्थलको सुरक्षा प्रमुखका रूपमा कार्यरत वरिष्ठ सई प्रेमसिंह भण्डारीको मृत्यु भएको छ। उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ।
सई भण्डारी मंगलबार चुनावी सभामा सहभागी हुन दैलेख हुँदै बाँके पुगेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुुरक्षामा खटिएका थिए।
ड्युटीमै रहेका बेला अपराह्न साढे ४ बजेतिर विमानस्थलको चौरमा अचानक ढलेर बेहोस भएका उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। देउवा विमानस्थलबाट कैलालीको धनगढी जाँदै थिए।
चुनावी सभामा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देउवासँगै थिए।