क्यान अध्यक्षका लागि उपाध्यक्ष पौदारले गरे उम्मेदवारी घोषणा



काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) को आगामी कार्यकालको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष रणजित पौदारले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपाध्यक्ष समेत रहेका पौदारले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आप्mनो उम्मेदवारी घोषणा गर्दै क्यानका वर्तमान तथा पूर्व पदाधिकारीहरुको सल्लाहबमोजिम उम्मेदवारी दिन लागेको बताएका छन् ।

सूचना प्रविधिको क्षेत्रमा लामोसमयदेखि आबद्ध रहेका पौदार लामोसमयदेखि क्यान महासंघको कार्यसमितिको विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

उनले सूचना प्रविधि क्षेत्रको उल्लेखनीय विकासका संस्थागत भूमिका खेल्ने अठोट रहेको बताउँदै यस क्षेत्रको विकासमा आफू जहिले पनि प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।