टार्गेट सुदूरपश्चिमः दोस्रोपटक सुदूरपश्चिम जाँदै एमाले अध्यक्ष ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन् । निर्वाचनको प्रचारप्रसारको दिन सुरुभएयता ओली दोस्रोपटक सुदूरपश्चिम जान लागेका हुन् ।

१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।