नेपाली सेनाका प्याराग्लाइडिङ खेलाडी थापाको आकाशबाट खसेर मृत्यु

पोखरा – नेपाली सेनाका प्याराग्लाइडिङ खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका निसिम थापाको आइतबार बिहान आकाशबाट खसेर मृत्यु भएको जनाइएको हो ।

प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

पोखरा–१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *