सन्दीप लामिछानेविरुद्ध नाबालिकालाई बलात्कार गरेको उजुरी, कहाँ र कहिले भयो बलात्कार ?

काठमाडौं । विश्व क्रिकेटका चर्चित एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी परेको छ।

कप्तान लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्रसिंह धानुकले पुष्टि गरेका छन्। लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको बताउँदै थप जानकारी आज (बुधबार) दिने धानुकले जनाएका छन् ।

लामिछानेविरूद्ध पीडित बालिकाको परिवारले बलात्कारको जाहेरी दिएको बताइए पनि ती बालिकाको परिचय भने खुलाइएको छैन ।

पीडित भनिएकी बालिका काठमाडौंकै १७ वर्षीया रहेको जनाइएको छ ।

ती बालिका भदौ १ गते सन्दीपसँगै नगरकोट गएको र फर्केर काठमाडौंकै होटलमा बसेको अवस्थामा बलात्कार भएको पनि उजुरीमा उल्लेख गरिएको छ ।

भदौ ६ गते टी—२० सिरिज खेल्न केन्या गएका लामिछानेले राष्ट्रिय टिमको जिम्मेवारी रोहित पौडेललाई दिँदै वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *