

सेनानी योगीको नेतृत्वमा १८ जनाको टोली इराक मिसनमा प्रस्थान

काठमाडौं । शान्ति सेनाका लागि १८ जना नेपाली सेनाको टोली इराकमा गएको छ ।
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार भदौ १५ गते सेनानी वसन्तनाथ योगीको नेतृत्वमा फ्लाई दुबईमार्फत गएका हुन् ।
कोरोना संक्रमण लगायतका कारण तीन महिना पहिले नै जानुपर्ने टोली रोकिएको थियो ।
हिमालयन एयरलाइन्सको एयरक्राफ्टमार्फत ३५ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।
मालीमा असार ३१ गते नै टोली प्रस्थान गरिसकेको छ ।