

काठमाडौंमा ३९१ सहित देशभर थप १८३१ मा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा आज ३९१ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ गरी ३९१ जनामा कोरोना पुष्टि भएको छ ।
आज देशभर थप १ हजार ८३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार ५ ५३५ पीसीआर र ३६८३ जनाको एन्टीजेन गरी ९ हजार २१८ परीक्षण गर्दा १८३१ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् भने २० संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, मकवानपुर, कास्की, झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ८९४ हजार जना निको भएका छन् भने ९ हजार ३८२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार १७३ जना रहेका छन् ।