काठमाडाैंमा आजदेखि कोरोनाविरूद्धको दोस्रो चरणको खोप, कहाँ कहाँ लगाइन्छ त ?



काठमाडौं । काठमाडौंमा आजदेखि कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइँदैछ ।

गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका हुन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने बताएको छ।

काठमाडौं महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्र गरी ३२ खोपकेन्द्रबाट खोप दिइने भएको छ ।

भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ। पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ।