

देशभर थप २६२२ संक्रमित, २२११ जना कोरोनामुक्त, २३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप २६२२ संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा करिब एक महिनाको अवधिमा कोरोनामुक्त हुने भन्दा संक्रमितको धेरै भएको छ ।
देशभर गरिएको ११ हजार ५ सय २७ परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा २ हजार २११ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा पछिल्लो २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ९ हजार २४८ जनाको मृत्यु भएको छ ।