

सुन र चाँदी दुवैमा मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको थियो ।
आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भइ प्रतितोला सुन ९१ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।
शुक्रवारको मुल्यमा आइतवार प्रति तोला चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ३ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।