

नेपालमा थपिए २ हजार २२८ कोरोना संक्रमित, ५२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २८२८ संक्रमित थपिएका छन् ।
नेपालका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टीजेन गरी १३ हजार २२ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै देशका विभिन्न जिल्लाहरुमा ३०८२ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोना निको हुनेको संख्या ५४३५२१ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८५५८ पुगेको छ ।
नेपालमा तुलनात्मक रुपमा संक्रमित संख्या घट्दै गइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालका ४३ जिल्लामा ५ सय भन्दा बढी संक्रमितहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।