

इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडाै – इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएकाे छ । इराकको बास्रामा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन ।
इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो । इराकका आला अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । तर नेपालले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियाे ।
नेपालका लागि अञ्जन विष्टले प्रहार गरेको बल क्लियर गर्ने क्रममा इराकका अहमद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए । नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल ब्यहोरेको हो ।
नेपालले २९ औं मिनेटमा अर्को गोल गरे पनि रक्षापङ्क्तिको कमजोरीका कारण जित निकाल्न सकेन। अब नेपाली टिम आज कुवेत जानेछ । नेपालले विश्वकप छनोटका बाँकी खेलहरु कुवेतमा खेल्नेछ ।
नेपालले कुवेतमा जुन ३ तारिखमा चाइनिज ताइपेई, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।