

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

काठमाडौं – तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए । उनका अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।
पहिलो पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए ।
चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमले बताए । सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाका अनुसार चिनियाँ क्षेत्रमा नेपाली न्यापारीले हजारौँ सङ्ख्यामा अक्सिजन सिलिन्डर ल्याउन लागेको जानकारी दिए । गोरखापत्र दैनिक