

मौसम पूर्वानुमानः आज केही स्थानमा भारी वर्षा

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae” थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेकोले आज पनि वर्षाको सम्भावना रहेको छ ।
आज बिहान देशभर सामान्य बदली भइरहेको र देशका केही स्थानहरुमा राती वर्षा समेत भएको महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा उल्लेख छ । यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भने, सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै, आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा सामान्यतया सफा रहनेछ ।
यता, प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा राति मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।