

उपाधिका लागि एपीएफ र सुदूरपश्चिम प्रतिस्पर्धामा

काठमाडौं – ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । विभागीय टिम एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको उपाधि भिडन्तमा दिउँसो १ बजे टियु क्रिकेट मैदानमा हुनेछ ।
बलियो टिम एपीएफ सुदूरपश्चिमलाई हराउँदै अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ । एपीएफ लिग चरणमा अपराजित रहदै फाइनल पुगेको टिम हो । सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।
सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो । लिग चरणमा सुदूरपश्चिम एपीएफसँग ३७ रनले पराजित भएको थियो । अन्य खेलमा जित निकालेको थियो । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।