

अटोबाट १५ किलो गाँजा बरामद, तीन जना पक्राउ

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकास्थित एक अटोबाट प्रहरीले १५ किलो लागुऔषध गाँजासहित तीन जना पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जबाट ज १ ह ४६०९ नम्बरको अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्द्रकुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिङ छन् । अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजार समेत बरामद भएको छ । अटो, गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।